वि.सं. २०८१ भाद्र २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सवा खर्ब संचित नाफामा विद्युत प्राधिकरण, सर्वसाधारणमा शेयर जारी गर्ने तयारी

अर्थटुडे
२०८१ श्रावण २५, शुक्रबार

काठमाडौं । विद्युत उत्पादन तथा बिक्रीको काम गर्दै आइरहेका नेपाल विद्युत प्राधिकरणले सर्वसाधारणमा शेयर जारी गर्ने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ कुल पुँजीको १० प्रतिशत शेयर सर्वसाधारणका लागि बिक्री गर्न लागिएको योजना सुनाए ।

‘प्राधिकरणले आफ्नो पुँजीको तत्कालका लागि १० प्रतिशत शेयर (आइपीओ) आमसर्वसाधारणका लागि जारी गर्ने तयारी गरिहेको छ’ घिसिङले भने, ‘आइपीओबाट संकलन गरेको रकम ठूला जलविद्युत आयोजनामा लगानी गरिनेछ ।’

प्राधिकरणमा ३ वर्ष कार्यकाल पूरा गरेको अवसरमा घिसिङले पत्रकार सम्मेलन आयोजना गरेका हुन् । उनले विगत ८ वर्षदेखि प्राधिकरण नाफामा रहेको र लगातार ३ वर्षदेखि विद्युत महसुल पनि घटाएको बताए ।

घिसिङका अनुसार प्राधिकरणले २०७८/०७९ मा रु ९ अर्ब ४२ करोड, २०७९/८० मा १३ अर्ब ३४ करोड र २०८०/८१ मा १३ अर्ब ३१ करोड (अपरिष्कृत) नाफा गरेको छ । यस्तै २०८०।८१ मा संचित नाफा १ खर्ब १६ अर्ब रहेको घिसिङले जानकारी दिए ।

इक्रा नेपालले प्राधिकरणलाई लगातार डबल ए प्लस रेटिङ दिएको र यसले प्राधिकरणको वित्तीय अवस्था सुदृढ देखाएको घिसिङले दावी गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ