वि.सं. २०८१ भाद्र २८
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लगानी बोर्डको सिइओको लागि दरखास्त आव्हान

अर्थटुडे
२०८१ श्रावण २८, सोमबार

काठमाडौ । लगानी बोर्डको प्रमूख कार्यकारी अधिकृत (सिइओ) पदका लागि आवेदन खुलेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोमबार सार्वजनिक सुचना निकालेर सिइओ पदको लागि १५ दिनको म्याद राखेर आवेदन खुलाएको हो ।

सिइओमा आवेदन दिनका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, वाणिज्यशास्त्र, कानुन, इन्जिनियरिङ वा विकाससम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र परियोजना विकास, सार्वजनिक खरिद, सार्वजनिक निजी साझेदारी, लगानी प्रवर्द्धन, विकास प्रशासन, बैकिङ, वित्तिय क्षेत्र वा औद्योगिक व्यवस्थापको क्षेत्रमा कम्तीमा १० वर्षको व्यवस्थापकीय अनुभव हासिल गरेको हुनुपर्ने सुचनामा उल्लेख गरिएको छ । सिइओको लागि कम्तीमा ३५ वर्ष उमेर पूरा गरेर र ६५ वर्ष नकाटेको हुनुपर्ने पनि जनाइएको छ ।

आवेदनका लागि इच्छुकले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, बायोडेटा, शैक्षिक योग्यताको प्रमापत्रको प्रतिलिपी रणनीतिक तथा कार्ययोजना पेस गर्नुपर्ने सुचनामा उल्लेख गरिएको छ ।

साउन १९ गते तत्कालीन सीईओ सुशिल भट्टको कार्यकाल सकिएपछि सो पद खाली छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ