वि.सं. २०८१ माघ २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बाढीका कारण तीनवटा जलविद्युत परियोजना प्रभावित, विस्तृत विवरण आउन बाँकी

अर्थटुडे
२०८१ आश्विन १२, शनिबार

काठमाडौं । लगातार दुई दिनदेखिको अबिरल वर्षाका कारण हालसम्म नीजि क्षेत्रका तीनवटा जलविद्युत आयोजनामा क्षती पुगेको जानकारी प्राप्त भएको छ । बाग्मतीमा आएको बाढी र कुलेखानीको ड्याम खोल्दा २२ मेगावाटको माण्डुखोला पावरहाउस पुरै डुवानमा परेको छ । बाढीका कारण पावर हाउस वरिपरी कोही पनि जानसक्ने अवस्था छैन ।

त्यस्तै गतसाल पाँचथर पावरको हेवा खोला बाढी बगाएको थियो । यस अघिको मर्मत गरेर सञ्चालनमा ल्याउने तयारी भएको सो आयोजना यसपालि पनि डुवानमा परेको छ ।
त्यस्तै २२.१ मेगावाटको माउन्टेन इनर्जी तल्लो तल्लो हेवाखोला जलविद्युत आयोजना पनि पुरै डुवानमा परेको छ । ‘हालसम्म तीनवटामा क्षति भएको विवरण पाएका छौं । अरुको विवरण आएको छैन् । निजी क्षेत्रका आधा पावर हाउस बन्द छ ।’ स्वतन्त्र उर्जा उत्पादन संघ (इप्पान) का महासचिव खतिवडाले भने ।

उनका अनुसार अधिकांश पावरहाउस बाढीले थप क्षति पुर्याउछ भनेर बन्द गरिएको छ । बाढी कम भएपछि सञ्चालनमा आउनेछन् । यो पटक पहिले नै सूचना जारी गरेर जोखिममा रहेका स्थानका पावर हाउस बन्द राखिएको थियो ।

वर्षाले विद्युत् प्रसारण तथा वितरण प्रणालीको पूर्वाधारहरुमा क्षति पु¥याउदा काठमाडौ उपत्यका लगायतका क्षेत्रमा विद्युत आपूर्ति प्रभावित भएको छ । विद्युत प्राधिकारणका अनुसार काठमाडौ उपत्यकामा अन्यदिनको प्रतिदिन ४०० मेगावाट भएपनि बर्षका कारण विद्युत अवरोध हुदा यस क्षेत्रमा जम्मा २०० मेगावाट विद्युत मात्र आपुर्ति गर्न सकिएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ