वि.सं. २०८१ मंसिर २०
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बक्यौता उठाउनका लागि सवै हतकण्डा प्रयोग गर्दै कुलमान

अर्थटुडे
२०८१ मंसिर १२, बुधबार

काठमाडौ । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता रहेका २८ वटा उद्योगको खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई पत्र लेखेको छ ।
बुधबार प्राधिकरणले नेपाल राष्ट्र बैंकलाई खाता रोक्काको लागि पत्र लेखेको हो । मंगलबार प्राधिकरणलाई विद्युत नियमन आयोगले उद्योगमा बिजुली कटौती गर्ने बाहेकका अन्य विकल्प प्रयोग गरी बक्यौता उठाउन पत्राचार गरेपछि उद्योगहरुको खाता रोक्का गर्न प्राधिकरणले पत्र पठाएको हो ।

त्यस्तै प्राधिकरणले बक्यौता रहेको उद्योगको आईपीओ निष्काशन प्रक्रिया रोक्न आग्रह गर्दै नेपाल धितोपत्र बोर्डलाई समेत पत्राचार गरेको छ । त्यस्तैगरी प्राधिकरणले कम्पनी रजिष्टारको कार्यालयलाई पनि सेयर किनवेचमा रोक लगाउनका लागि आग्रह गर्दै पत्र लेखेको छ ।

आज विहान बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले उद्योगहरुमा लाइन नकाट्ने निर्णय गरेको थियो । बैठकमा बक्यौता असुल गर्न विकल्पमा जानेबारे छलफलसमेत भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ