वि.सं. २०८२ जेष्ठ ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कुलमान विरुद्ध उर्जामन्त्री, हटाउने निर्णय मन्त्रीपरिषद्ले पास नगरेपछि २४ घण्टे स्पष्टीकरण माग

अर्थटुडे
२०८१ फाल्गुन १३, मंगलवार

काठमाडौं । ऊर्जामन्त्री दिपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई तेस्रो पटक स्पष्टीकरण सोधेका छन् । उनले घिसिङलाई तपाईलाई किन नहटाउने भन्दै २४ घण्टे स्पष्टिकरण सोधेका हुन्।

मंगलबार मन्त्री खड्काले सरकारको निर्देशन नमानेको भन्दै पदबाट हटाउने मनसायका साथ घिसिङलाई तेस्रो स्पष्टीकरण सोधेका हुन् ।
सोमबार सरकारले दिएको निर्देशन नमानेको भन्दै उर्जामन्त्री खड्काले उनलाई पदबाट हटाउने प्रस्ताव मन्त्रिपरिषदमा पठाएको थिए । तर मन्त्रिपरिषद्ले कुलमानलाई हटाउने कुनै निर्णय नगरेपछि मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै ऊर्जा मन्त्रालयले २४ घटाभित्र जवाफ पेश गर्न स्पष्टिकरण सोधेको हो ।

यसअघि उर्जा मन्त्रालयले कार्यकारी निर्देशक घिसिङलाई २२ पुस र २८ पुषमा पनि स्पष्टिकरण सोधीसकेको छ । घिसिङले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै मन्त्री खड्काले पुनः स्पटिकरण सोधेका हुन् ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ