काठमाडौं । विश्व बैंकले नेपालको आर्थिक बृद्धिदर न्युन हुने संकेत देखिएको जनाएको छ । वाढीका कारण धान तथा कृषिजन्य उत्पादनमा कमी आउने र त्यसले चालु आर्थिक बर्षको आर्थिक बृद्धिदरमा कमी आउने विश्व बैंकको धारणा रहेको छ ।
आइतबार ’नेपाल डेभलपमेन्ट अपडेट’ सार्बजनिक गर्दै विश्व बैंकल लक्ष्य अनुसारको आर्थिक बृद्धि दर हासिल हुनेमा शंक व्यक्त गरेको हो । सरकारले चालु आर्थिक बर्षमा साढे सात प्रतिशतको आर्थिक बृद्धिको लक्ष्य राखेको छ ।
विश्व बैंकले आर्थिक बर्षको पहिलो चरणमा नै यसै भन्न नसकिने बताएपनि लक्ष्य अनुरुपको लक्ष्य हासिल नहुने भने जनाएको छ । कार्यक्रममा वरिष्ठ अर्थशास्त्री डमिर कोसिकले नेपाल संघीय प्रणालीमा गएकाले बजेट विनियोजन, स्रोत ब्यवस्थापन चुनौतीपूर्ण रहेकोले पनि विनियोजित रकम खर्च नहुने बताए ।
प्रतिक्रिया