वि.सं. २०८२ असार ११
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कोभिड संक्रमण बढेपछि फुटपाथको व्यापारमा रोक

अर्थटुडे
२०७७ श्रावण २७, मंगलवार

काठमाडौं । कोभिड–१९ को संक्रमण बढेपछि सरकारले फुटपाथ तथा ठेलागाडामा गरिने व्यापारमा रोक लगाएको छ ।
सडकका फुटपाथमा खुल्ला रुपमा र ठेलागाडा तथा साइकलमा सञ्चालन भइरहेका तरकारी, फलफूल, खाद्यान्न, लत्ता कपडालगायतका खुद्रा व्यापारका साथै कवाडी संकलनलनजस्ता कार्य रोक लगाउने निर्णय गरिएको अर्थ, सूचना तथा संचारमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

फुटपाथको व्यापारले कोभिडको संक्रमण समूदायमा फैलने जोखिम बढेकाले बन्द गर्ने निर्णय गरिएको उनको भनाइ छ ।

सरकारले लकडाउन खुल्ला गरेपछि काठमाडौं उपत्यकाका विभिन्न स्थानका सडकमा फुटपाथ व्यापार सुरु भइसकेको थियो ।

काठमाडौंमा कोरोनाका संक्रमितको संख्या थपिएपछि सरकारले पुनः फुटपाथ व्यापारमा रोक लगाएको हो ।
काठमाडौं उपत्यकाका पालिकाहरुका मेयरहरुले संयुक्त रुपमा कोरोना रोकथाम तथा नियन्त्रणसम्वन्धी उच्चस्तरीय समितिका संयोजक इश्वर पोखरलेलाई भेटेर फुटपाथमा गरिने विभिन्न व्यापारलाई रोक लगाउन सुझाव दिएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ