वि.सं. २०८१ भाद्र २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

शनिबार डिजिटल इकोनोमी कन्क्लेभ

अर्थटुडे
२०७७ मंसिर १२, शुक्रबार

काठमाडौं । डिजिटल प्रविधिको उच्चतम प्रयोग, विकास र नीति निर्माणमा सहयोग पु¥याउने उद्देश्यले शनिबार डिजिटल इकोनोमी कन्क्लेभ २०२० हुने भएको छ ।

ब्राण्डवर्थ प्रालिको आयोजनामा राष्ट्र बैंक, सूचना तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण लगायतको सहकार्य रहेको कार्यक्रममा आठवटा सत्रमा कहिले हुन्छ डिजिटल नेपाल, डिजिटल बैंकिंग डिजिटल रेमिट्यान्स, डिजिटल मार्केट प्लेस, लगायत विषयमा सरोकारवालाहरुबिच छलफल हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओली मुख्य वक्ताको रुपमा रहेको कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडल र सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीका साथै विषय विज्ञहरुले हालसम्मको यात्रा, अनुभव, नियमनकारी निकायहरुद्वारा गर्नुपर्ने नीतिगतव्यवस्था लगायतबारे आफ्ना अनुभव र विचार आदानप्रदान गर्नेछन् । वित्तिय सेवा, भुक्तानी सुविधा, इ–कमर्श सम्बन्धित नीति, नियममनका व्यवस्था, अभ्यास तथा व्यवसायलाई सहजीकरणका सबन्धमा कन्क्लेभमा बृहद् छलफल हुनेछ ।

सरोकारवाला विभिन्न डिजिटल प्लेटफर्ममार्फत एपी वान टेलीभिजनमा विहान साढे ९ बजेदेखी बेलुका ६ बजेसम्म प्रसारण गरिने कार्यक्रममा अर्थतन्त्रको डिजीटाइजेसनको सम्भावना, यसको आगामी बाटो, आवश्यक सकारात्मक नीतिगत हस्तक्षेप तथा डिजिटाइजेसनले सिर्जना गर्ने अवसरका बारेमा सरोकारवालासंग छलफल हुनेछ ।

नेपाललाइ डिजिटल प्रविधिमा एक खुट्किला माथी उठाउन यस कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने आयोजकले विश्वास लिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ