वि.सं. २०८१ फाल्गुन ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गभर्नर निलम्वनको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

अर्थटुडे
२०७९ बैशाख ७, बुधबार

 

काठमाडौ । सर्वोच्च अदालतले गभर्नर महाप्रसाद अधिकारीको पक्षमा फैसला गरेको छ । मंगलबार न्याधिश हरि फूयाँलको एकल इजलासले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हटाउन सरकारले गरेको निलम्बनको कारबाही तत्काल कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको हो ।
मंगलबार भएको सुनुवाइपछि गभर्नर अधिकारीलाई नहटाउन र पदमा रहेर काम गर्न दिन फूयाँले अल्पकालीन आदेश जारी गरेका हुन् ।
गभर्नर अधिकारीको पक्षबाट वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, शम्भु थापा, राधेश्याम अधिकारी, हरिहर दाहाल लगायतले बहस गर्दै सरकारले बदनीयतपूर्वक गभर्नरलाई निलम्बन गरेको जिकिर गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ