काठमाडौ । नेपाल धितोपत्र बोर्डको नयाँ अध्यक्ष नियुक्तिको प्रकृया सुरु भएको छ । अर्थमन्त्रालयको वित्तिय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले शुक्रबार सुचना जारी गरी सर्ट लिष्टमा परेका पाँच जनाको अन्तर्वार्ता तथा प्रस्तुतीकरण आइतबार विहान ९ बजे राष्ट्रिय योजना आयोगको सभाहलमा हुने जनाएको छ । पुस २० गते तत्कालिन अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएपछि अहिलेसम्म पनि बोर्डको अध्यक्षको नियुक्ती भएको छैन । जसका कारण बोर्डमा सयौ काम अड्किएर बसेका छन् ।
सरकारले बोर्डको अध्यक्ष नियुक्तीका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठको संयोजकत्वमा सरकारले तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो ।
सो समितिको सिफारिसमा परेको पाँच जनामध्ये सरकारले एक जनालाई बोर्डको अध्यक्ष नियुक्ती गर्नेछ ।
डा.नवराज अधिकारी, मुक्तीनाथ श्रेष्ठ, सन्तोष नारायण श्रेष्ठ, चिरन्जीवी चापागाई र कृष्णकुमार कार्की रहेका छन् । अधिकारी र श्रेष्ठ नेपाल धितोपत्र बोर्डकै कार्यकारी निर्देशक हुन् भने चापागाई नेपाल राष्ट बैंकका पुर्व कर्मचारी हुन् । त्यस्तै कार्की नेपाल स्टक एक्सचेन्जका हालका सिइओ हुन् भने सन्तोषनारायण श्रेष्ठ विचौलिया दिपक भट्टका विजनेश पार्टर हुन् ।
सन्तोष नारायण श्रेष्ठलाई नै अध्यक्ष बनाउनु पर्ने अडानमा भट्ट लागेपछि अहिलेसम्म अध्यक्ष नियुक्ती हुन नसकेको हो । भट्टले ल्याएका सन्तोषनारायणलाई नेकपा एमालेले पनि सपोर्ट गरिरहेको छ । अहिले माओवादीसँग पनि कुरा मिलेपछि प्रकृया अगाडी बढाइएको जानकारी पाइएको छ ।
प्रतिक्रिया