वि.सं. २०८१ मंसिर १८
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बैंकहरुको भाखा नाघेको रकम ४४ अर्ब, एनआइसी एसियाको प्रोभिजन २९२ प्रतिशतले बढ्यो

अर्थटुडे
२०८१ असार ३०, आईतवार

काठमाडौं । चालु आर्थिक बर्षको ११ महिनामा बाणिज्य बैंकहरुको कर्जा नोक्सानी व्यवस्थापन (प्रोभिजन) १५.७७ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको ११ महिनाको तथ्यांक अनुसार २०८० असार मसान्तको तुलनामा २०८१ जेठ मसान्तसम्म आइपुग्दा बैंकहरुको कर्जा नोक्सानी व्यवस्थापन ९ अर्ब १२ करोड रुपैयाँले बढेको छ ।

कर्जा नोक्सानी व्यवस्थापन बढ्नु नेपालको बैकिङ क्षेत्रको लागि राम्रो कुरा भने होइन । यो तथ्यांकले बाणिज्य बैंकहरुको खराव कर्जाको दर तिव्र रुपमा बृद्धि हुदै गइरहेको देखाउछ ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार बाणिज्य बैंकहरुले चालु आर्थिक बर्षको ११ महिनामा (जेठ मसान्तसम्ममा) ६६ अर्ब ९५करोड रुपैया कर्जा नोक्सानी व्यवस्थापन गरेका छन् । त्यसमध्ये जम्मा २३ अर्ब ५ करोड रुपैयाँ मात्र असल रहेका छन् । बाँकी ४३ अर्ब ९० करोड कर्जाको भाखा नाघिसकेको छ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८० (परिमार्जित, आर्थिक बर्ष २०८०⁄८१ को मौद्रिक नीतिको तेस्रो समिक्षा मार्फत संशोधन गरिएको ) बुदा नंबर ९ मा बैंक तथा वित्तिय संस्थाले कर्जा प्रबाह गर्नेवित्तिकै १.२० प्रतिशत रकम कर्जा नोक्सानी गनुपर्ने व्यवस्था छ ।

त्यस्तै यदी कसैले बैंकलाई बुझाउने साँवा व्याज तोकिएको मितिमा नै नबुझाएर एक महिनाभन्दा बढी भाखा नाघेमा सो कर्जालाई बैंकले सुक्ष्म निगरानीमा राखी कर्जाको ५ प्रतिशत नोक्सानी व्यवस्थापनको लागि अनिवार्य राख्नुपर्छ । त्यस्तै यदी तोकिएको समय भन्दा ३ देखि ६ महिनासम्म कर्जाको सावा वा व्याज आएन भने सो कर्जा कमसल कर्जा भनेर कर्जाको २५ प्रतिशत रकम अनिवार्य छुट्याउनुपर्छ ।

कुनैपनि कर्जा ६ महिना देखि १ बर्षसम्म साँवा व्याज भुक्तानी गरिएको छैन भने सो कर्जालाई शंकाष्पद कर्जामा बर्गिकरण गरी ५० प्रतिशक रकम कर्जा नोक्सानीको लागि छुट्याउनु पर्छ भने एक बर्ष भन्दा बढी व्याज नतिरेमा खराव कर्जामा बर्गिकरण गरि शत प्रतिशत रकम छुट्याउनुपर्ने व्यवस्था गरिएको छ । सो तथ्यांक अनुसार पछिल्लो समयमा ४३ अर्ब भन्दा बढी कर्जाको भाखा नाघिसकेको छ ।

तथ्यांक अनुसार एनआइसी एसिया बैंकको बैंक भन्दा बढी २९२.३८ प्रतिशत कर्जाको भाखा नाघेको देखिएको छ । सो बैंकको गत असार मसान्तसम्ममा ६५ करोड ७० लाख रुपैयाँ कर्जाको जोखिम व्यवस्था गरेको थियो । तर सो रकम चालु आर्थिक बर्षको एघार महिनामा २९२ प्रतिशतले बढेर २ अर्ब ५७ करोड ८० लाख रुपैयाँ कर्जा नोक्सानी व्यवस्थाको लागि छुट्याएको छ ।

त्यस्तै लक्ष्मी सनराइज बैंकको पनि कर्जा नोक्सानी व्यवस्था २४७ प्रतिशतले बढेको छ । सनराइज र लक्ष्मी बैंक हुदा नै गएको कर्जाको समेत नोक्सानी व्यवस्थापन गर्दा ह्वात्तै बढेको बैंक संचालकको भनाई रहेको छ ।

त्यस्तै एनएमबी बैंक र सानिमा बैंकको भाखा नाघेको कर्जा पनि ठूलो रकम रहेको छ । एनएमबी बैंकले गत असारमा भन्दा यो जेठमा भाखा नाघेको रकम बढेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार एनएमबी बैंकले जेठ मसान्तसम्ममा ११४.९८ प्रतिशतले कर्जा नोक्सानी व्यवस्थापन बढाएको छ भने सानिमा बैंकले ८४.६८ प्रतिशत रकम कर्जा नोक्सानी व्यवस्थापनको लागि छुट्याएको छ । यसबाट के स्पष्ट देखिन्छ भने बैंकहरु विस्तारै खोक्रो हुदै गएको स्पष्ट देखिन्छ ।

कुन बैंकले कति छुट्यायो कर्जा नोक्सानी व्यवस्थापन खर्च हेर्नुहोस् विस्तृत टेवलमा

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ