काठमाडौ । गत आर्थिक बर्षमा बाणिज्य बैंकहरुको नाफा १३.३९ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्षमा बैंकहरुले साढे ७ अर्ब नाफा बढाएका छन् । अघिल्लो आर्थिक बर्षमा बैंकहरुले ५६ अर्ब ५७ करोड ४४ लाख ५२ हजार रुपैयाँ नाफा कमाएका थिए ।
सोमबार बैंकहरुले प्रकाशन गरेको चौथो त्रैमासिक वित्तिय विवरणका अनुसार बैंकहरुले गत आर्थिक बर्षमा भएको एकदमै कमजोर कर्जा विस्तारका बाबजुत पनि राम्रो नाफा कमाएका हुन् ।
नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको गत आर्थिक बर्षको ११ महिनाको विवरण अनुसार बैंक तथा वित्तिय संस्थाहरुबाट
प्रकाशित विवरण अनुसार गत आर्थिक बर्षमा ९ वटा बैंक (ग्लोवल आइएमई, राष्ट्रिय बाणिज्य, सिद्धार्थ, सानिमा, एनएमबी, नेपाल बैंक, एनआइसी एसिया, सिटिजन्स इन्टरनेसनल र माछापुच्छ्रे बैंक) को नाफामा गिरावट आएको छ। तर, ती बाहेकका बैंकहरुले भने बढाएका छन् ।
गत आर्थिक बर्षमा रकमका हिसावले सर्वाधिक नाफा कमाउनेको पहिलो सूचीमा नबिल बैंक नै छ । बैंकले एक वर्षमा ७ अर्ब ६ करोड रुपैयाँ खुद नाफा कमाएको छ। बैंकको यो नाफा अघिल्लो आवको तुलनामा भने १०.२३ प्रतिशत धेरै हो ।
दोस्रो धेरै नाफा ग्लोबल आइएमई बैंकको छ। बैंकले गत वर्ष ६ अर्ब १ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यद्यपि, यो नाफा अघिल्लो आवको तुलनामा भने १०.१३ प्रतिशत कमी हो ।
सर्वाधिक नाफा कमाउनेको तेस्रो सूचीमा भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंक छ। बैंकले गत वर्ष कुल ५ अर्ब १९ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको हो । यो नाफा अघिल्लो आवको तुलनामा ३९.७१ प्रतिशत धेरै हो ।
प्रतिशतका हिसावले सवैभन्दा बढी नाफा कमाउनेमा प्रभु बैंक रहेको छ । सर्वाधिक नाफ बढाउनेको पहिलो सूचीमा प्रभू बैंक छ। बैंकले गत वर्ष कुल ४ अर्ब ४८ करोड ८ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा १४९९.०३ प्रतिशत बढी हो ।
सर्वाधिक नाफा बढाउनेको दोस्रो सूचीमा भने कुमारी बैंक छ । बैंकको खुद नाफा ३४५.६६ प्रतिशत बढेर २ अर्ब ३० करोड ८२ लाख रुपैयाँ कायम भएको छ। यस्तै, प्राइम कमर्सियल बैंकको नाफा पनि २६७.१८ प्रतिशत बढेर ३ अर्ब ७७ करोड ४३ लाख रुपैयाँ कायम भएको छ। यता, कृषि विकास बैंकको नाफामा पनि उछाल नै आएको छ । बैंकले खुद नाफा १६७.२३ प्रतिशत बढाएर ३ अर्ब ६५ करोड ५६ लाख रुपैयाँ पुर्याएको छ ।
यस्तै, एभरेष्ट बैंकले पनि ३ अर्ब ७० करोड ६ लाख रुपैयाँ नाफा कमाएको छ। यो नाफा अघिल्लो आवको तुलनामा १०.०७ प्रतिशत धेरै हो । यता, राष्ट्रिय वाणिज्य बैंकको नाफा ३ अर्ब ३९ करोड ८२ लाख, स्ट्याण्डर्ड चार्टर्डले ३ अर्ब ३० करोड ८९ लाख, लक्ष्मी सनराइजले ३ अर्ब ३ करोड ४५ लाख, सिद्धार्थ बैंकले ३ अर्ब १ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।
त्यसैगरि हिमालयन बैंकले २ अर्ब ८३ करोड ८० लाख, सानिमा बैंकले २ अर्ब ३८ करोड १९ लाख, एनएमबिले २ अर्ब ३३ करोड ६५ लाख, नेपाल एसबिआईले २ अर्ब १ करोड ३७ लाख, नेपाल बैंकले १ अर्ब ६५ करोड ६८ लाख, एनआइसी एशियाले १ अर्ब ३८ करोड १८ लाख, सिटिजन्सले १ अर्ब ३४ करोड २४ लाख र माछापुच्छ्रेले १ अर्ब २५ करोड रुपैयाँ खुद नाफा कमाएका छन् ।
प्रतिक्रिया