वि.सं. २०८१ मंसिर १७
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कामको लागि दवाव दिन अटो व्यवसायीहरुलाई अर्थमन्त्रीको आग्रह

अर्थटुडे
२०८१ भाद्र ११, मंगलवार

काठमाडौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नीति नियम बनाउनका लागि दवाव दिन निजीक्षेत्रलाई आग्रह गरेका छन् । मंगलवार काठमाडौंको भृकुटीमण्डपमा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा आयोजित ‘नाडा अटो शो’को उद्घाटन गर्दै उनले भाषण गर्न बोलाउने भन्दा काम गर्नका लागि दवाव दिन आग्रह गरेका हुन् ।

अर्थमन्त्री पौडेलले देश, जनता र कानूनको ख्याल गरेर सफल व्यवसाय गर्ने व्यवसायीहरुलाई राज्यले साथ र संरक्षण दिने बताए । उनले अहिलेको संसदबाट बनेको पछिल्लो सरकारले सबैभन्दा स्थिर सरकार भएको र वर्तमान सरकारको स्थिरताले नीतिगत स्थिरताको बलियो आधार दिएको पनि दावी गरे ।

उनले नीतिगत स्थिरता सुरक्षित गर्ने हिसावले वर्तमान सरकार अघि बढ्ने पनि बताए । नेपालमा गुणस्तरीय उत्पादन गर्नसके अन्तर्राष्ट्रिय बजार नेपालका लागि पनि सुरक्षित हुने उनको तर्क छ । अर्थमन्त्री विष्णु पौडेलले अटो व्यवसायले राजस्वमा महत्वपूर्ण योगदान पुर्याएको पनि दावी गरे ।

‘अटो व्यवसाय राजस्वमा योगदान गर्ने एउटा महत्वपूर्ण क्षेत्र भएकोले यसलाई विशेष रुपले लिएको पनि अर्थमन्त्री पौडेलले दावी गरे । चालु आर्थिक वर्षको मौद्रिक नीतिले अटो क्षेत्रका नीति व्यवस्था समेटे पनि विस्तारै समयअनुसार सरकारले सुधार गर्दै जाने अर्थमन्त्री पौडेलले बताए। ‘विद्युतीय सवारीको साधनको हकमा सरकारले चाँडै नै उचित नीति लिनेछ’, उनले भने।

अटो क्षेत्रका लागि नीतिगत सुधारसहित अघि बढने अहिलेको सरकारको योजना रहेको पौडेलले बताए। ‘अब सवारीसाधन बेच्नेमात्र होइन, अब उत्पादनतर्फ पनि लाग्नुपर्छ’, उनले भने, ‘यसमा राज्यले साथ दिन्छ।’

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ