काठमाडौ । एसियाली विकास बैंक (एडीबी)ले नेपालको चालु आर्थिक बर्षको आर्थिक बृद्धिदर ४.९ प्रतिशत हुने प्रक्षेपण गरेको छ । बुधबार एसियन डेभलपमेन्ट आउटलुक २०२४ सर्वजनिक गर्दै एडिवीले गत आर्थिक बर्षको भन्दा चालु आर्थिक बर्षमा १ प्रतिशत विन्दु बढीले आर्थिक बृद्धि हुने जनाएको हो । गत आर्थिक बर्षमा देशको आर्थिक बृद्धिदर ३.९ प्रतिशत रहेको थियो । सरकारले चालु आर्थिक बर्षको लागि ६ प्रतिशतको आर्थिक बृद्धिको लक्ष्य राखेको छ ।‘आन्तरिक मागमा वृद्धि, पूर्वाधार खर्चमा तीव्रता र पर्यटनसम्बन्धी सेवा पुनरुत्थानले कुल गार्हस्थ उत्पादन (जीडीपी) बढ्नेछ’, नेपालका लागि एडिबीका राष्ट्रिय निर्देशक आनों कोश्वाल दावी गरे ।
राम्रो मनसुनका कारण कृषि क्षेत्रमा बृद्धि हुने, विद्युत् उत्पादन क्षमतामा वृद्धिले औद्योगिक वृद्धिलाई टेवा दिने, पर्यटक आगमनमा वृद्धिले पर्यटन क्षेत्रमा राम्रो हुने, आइटि लगायतका विभिन्न सेवा क्षेत्र विस्तार हुने, कर्जाको मागमा बृद्धि भई रोजगारी तथा उत्पादनमा बृद्धि हुने लगायतका आधारमा चालु आर्थिक बर्षको आर्थिक बृद्धि प्रक्षेपण गरिएको एडीबीका अर्थशास्त्री मनवर खड्काले जानकारी दिए ।
सरकारले जारी गरेको बजेटमा पँुजीगत खर्चलाई तिव्रता दिने योजनाले आन्तरिक मागमा थप सुधार हुने, लचक मौद्रिक नीतिले पुँजी चलायमान हन थप सहजता हुदा थोक एवं खुद्रा व्यापार, यातायात र भण्डारण तथा घरजग्गा जस्ता व्यावसायिक गतिविधि सुदृढ हुदा आर्थिक बृद्धिमा टेवा पुग्ने अपेक्षा गरिएको एडिवीका प्रमूख अर्थशास्त्री यान हनसेनले बताए ।
चालू वर्षको बजेट सार्वजनिक भएपछि दातृ निकायले आर्थिक वृद्धिको प्रक्षेपण गरेको यो पहिलो हो। एडिबीले मूल्यवृद्धि दर पनि ५.५ प्रतिशत रहने प्रक्षेपण गरेको छ।
बुधबार जारी गरिएको प्रतिवेदनमा चालु आर्थिक बर्ष चालू खाता घाटा ०.४ प्रतिशतले ऋणात्मक हुने प्रक्षेपण गरेको छ । गत आर्थिक बर्षमा चालुखाता घाटा ३.९ प्रतिशत रहेको एडीवीको दावी छ ।
बाह्य जोखिम भने सापेक्ष रूपमा नियन्त्रणमा रहनेछन्। व्यापार घाटामा गिरावट, उत्साहवद्र्धक विप्रेषण आप्रवाह र पर्यटक आगमनमा वृद्धिले गत आर्थिक वर्ष २०८०÷८१ मै बाह्य क्षेत्रमा सुदृढ देखिएको छ। यद्यपि, आर्थिक वर्ष २०८१/८२ मा चालू खाता घाटा कुल गार्हस्थ उत्पादनको एक प्रतिशतसम्म पुग्न सक्नेछ, जुन गत आर्थिक वर्षमा अर्थतन्त्र पुनरुत्थान तथा विप्रेषण आप्रवाहमा मध्यम सुधारसँगै ३.९ प्रतिशतले बचतमा रहेको थियो।
एडीबीका अनुसार मध्यपूर्वमा कुनै पनि भूराजनीतिक तनाव गहिरिएको खण्डमा नेपालको विप्रेषण आयमा असर पर्नुका साथै इन्धन र खाद्यान्नको मूल्यमा वृद्धि हुन सक्नेछ ।
विश्वव्यापी आर्थिक मन्दीले पर्यटन आयलाई समेत असर गर्न सक्छ। प्राकृतिक विपद् तथा जलवायु प्रकोप नेपालको आर्थिक वृद्धिमा चिरस्थायी जोखिमका रूपमा रहेका छन् ।
प्रतिक्रिया