काठमाडौं। सरकारसँग चालु आर्थिक बर्षको पहिलो महिनामा कुल विदेशी विनिमय संचिति २० खर्ब ९२ अर्ब रुपैयाँ बराबर रहेको छ । यो गत असार मसान्त भन्दा २.५ प्रतिशतले बृद्धि हो । असार मसान्तसम्ममा सरकारसँग २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति रहेको थियो ।
साउन मसान्तसम्ममा अमेरिकी डलरमा यस्तो सञ्चिति १५ अर्ब ५८ करोड पुगेको छ । यो संचितिले आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनाको आयातलाई आधार मान्दा विदेशी विनिमय सञ्चिति १६.७ महिनाको वस्तु आयात र १३.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने नेपाल राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया