वि.सं. २०८१ माघ २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

चार महिनाभित्र लेखा परीक्षण सम्पन्न गर्न राष्ट्रिय जीवन बीमा कम्पनीलाई अर्थ मन्त्रालयको निर्देशन

अर्थटुडे
२०८१ मंसिर १९, बुधबार

काठमाडौं  । अर्थ मन्त्रालयले राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडलाई चार महिनामा लेखा परीक्षण सम्पन्न गर्न निर्देशन दिएको छ । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडका पदाधिकारीहरुसहित अर्थ मन्त्रालयमा आज भएको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लामो समयसम्म लेखा परीक्षण नहुनु कसैका लागि पनि हितकर नभएको बताए ।

उनले लेखा परीक्षण सम्पन्न गर्न आवश्यक पर्ने सहयोग उपलब्ध गराउन सरोकारवालाहरुलाई निर्देशन दिए । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७१/०७२ देखि अन्तिम लेखा परीक्षण सम्पन्न हुन सकेको छैन ।  बैठकमा अन्तिम लेखा परीक्षण सम्पन्न भएपछि मात्र राष्ट्रिय जीवन बीमा कम्पनीको साधारणसभा आयोजना गर्ने कुरा भएको छ ।

बैठकमा महालेखा परीक्षकको कार्यालय, नेपाल बीमा प्राधिकरण, अर्थ मन्त्रालय, राष्ट्रिय जीवन बीमा कम्पनीका पदाधिकारीहरुको उपस्थिति थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ