काठमाडौ । चालु आर्थिक बर्षको ६ महिनामा मुलुकको व्यापारघााटा ७ खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ । यो गत आर्थिक बर्षको सोही अवधिको तुलनामा ४.३८ प्रतिशतले बढी हो। गत आव सोही अवधिमा ६ खर्ब ९३ अर्ब १९ करोड ८४ लाख बराबर व्यापार घाटा थियो ।
भन्सार विभागका अनुसार चालु आर्थिक बर्षको ६ महिनामा ८ खर्ब २२ अर्ब ३८ करोड रुपैयाँ बराबरको आयात भएको छ । जुन गता आर्थिक बर्षको तुलनामा ७ प्रतिशतले बृद्धि हो । गत आर्थिक बर्षको सोही अवधि ७ खर्ब ६८ अर्ब १६ करोड ६५ लाख रुपैयाँ बराबरका वस्तु आयात भएको थियो ।
गत पुसमा मात्र १ खर्ब ६१ अर्ब बराबर आयात भएको विभागको तथ्यांकले देखाउँछ । मंसिरको तुलनामा १३ अर्ब रुपैयाँले बढी हो ।
६ महिनामा नेपालमा सवैभन्दा बढी पेट्रोलियम पदार्थ रहेको छ । सो अवधिमा मुलुकमा १ खर्ब १६ अर्ब २९ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । त्यस्तै २० अर्ब १७ करोड रुपैयाँ बराबर कच्चा भटमासको तेल, कच्चा सनफ्लावर तेल ११ अर्ब ६७ करोड आयात भएको भन्सार विभागले जनाएको छ ।
त्यस्तै ६ महिनमा निर्यातमा पनि बृद्धि भएको देखिन्छ । विभागका अनुसार चालु आव पहिलो ६ महिनामा ३१.७८ प्रतिशतले निर्यातमा वृद्धि भएको छ । गत आव सोही अवधिमा निर्यात ७.२ प्रशितले घटेको थियो ।
उक्त अवधिमा नेपालबाट ९८ अर्ब ७८ करोड ९२ लाख रुपैयाँ बराबर वस्तु निर्यात भएको छ । गत आव सोही अवधिमा भने ७४ अर्ब ९७ करोडको निर्यात भएको थियो ।
विभागका अनुसार गत ६ महिनामा १८ अर्ब ९१ करोड बराबर भटमास तेल निर्यात भएको छ भने ४ अर्ब ९८ करोड बराबर सनफ्लावर तेल निर्यात भएको छ ।
प्रतिक्रिया