वि.सं. २०८१ माघ २५
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ट्रम्पको प्रभाव नेपाली अर्थतन्त्रममा, अमेरिकी सहयोग स्थगित

अर्थटुडे
२०८१ माघ १४, सोमबार

काठमाडौ । अमेरिको सहयोग नियोग (युएसएड)ले नेपाललाई दिने गरेको आर्थिक सहयोग ९० दिनका लागि स्थागित गरेको छ । सोमबार युएसएडले अर्थमन्त्रालयलाई पत्र लेख्दै हाल काम भइरहेको आयोजनाहरु ९० दिनका लागि रोकिएको जनाएको हो ।
अर्थमन्त्रालयका प्रबक्ता महेश भट्टराईका अनुसार युएसएडले ४ वटा आयोजनाहरुमा दिएको अनुदा तत्कालकालागि स्थगित गरेको पत्रमा उल्लेख गरेको छ । ९० दिनको अवधिमा स्थगित भएका आयोजना अन्तर्गत युएसएड स्रोततर्फ कुनै दायित्व सिर्जना नहुने पनि अर्थमन्त्रालयले जनाएको छ ।

युएसएड र नेपाल सरकारबीच २०२२ मे ५ मा हस्ताक्षर भएको डेभलपमेन्ट अब्जेक्टिभ एग्रिमेन्ट मार्फत नेपाललाई प्राप्त भएको अनुदान सहायता मध्ये बजेट प्रणाली मार्फत सर्वसञ्चित कोषबाट भुक्तानी हुने प्रकृतिका ४ वटा आयोजनामा युएसएडले अनुदान रोकेको भट्टराईले जानकारी दिए ।

युएसएडले नेपालमा स्वास्थ्य, कृषि, शिक्षा र समावेशी नीति सम्बन्धी प्रत्यक्ष वित्तीयकरण परियोजनाका लागि दिइएको अनुदान रोकेको जनाएको छ । अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति निर्वाचित भएर शपथ ग्रहण गरेसँगै उनले विभिन्न देशलाई दिदै आइरहेको अनुदान रोकेका हुन् । यसले नेपाल मात्र नभएर संसारभरी असर पारिरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ