वि.सं. २०८२ जेष्ठ १०
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपालको आर्थिक नीति उत्पादन र रोजगारी सिर्जनामा केन्द्रित हुनुपर्छ : प्रमूख अर्थशास्त्री (एडीबी) अल्वर्ट पार्क

अर्थटुडे
२०८१ फाल्गुन १७, शनिबार

काठमाडौ । नेपालले गरिवी निवारणको क्षेत्रमा प्रशंसनीय काम गरेको एसियाली विकास बैंक (एडीबी) का प्रमुख अर्थशास्त्री तथा आर्थिक अनुसन्धान एवं विकास प्रभाव विभाग महानिर्देशक अल्बर्ट पार्कले बताएका छन् । चार दिने नेपाल भ्रमणको अन्तिम दिन (शुक्रबार) पत्रकारहरुसँग कुराकानी गर्दै उनले नेपालले गरिवी निवारणमा उल्लेखनीय काम गरेपनि अझै दिगो आर्थिक विकासका लागि काम गर्नुपर्ने बताए ।

उनले नेपाल भुपरिवेष्ठीत देश भएको र पछिल्लो समयम औद्योगिक क्षेत्र भन्दा सेवा क्षेत्र विस्तार हुदै गएको तथ्यांक प्रस्तुत गर्दै चालु आर्थिक बर्ष ४.९ प्रतिशतको आर्थिक बृद्धि हुने प्रक्षेपण गरे ।

त्यस्तै उनले आन्तरिक मागमा बृद्धि हुन थालेको, विद्युत उत्पादन र व्यापारमा बृद्धि हुदै गएको तथा पर्यटन क्षेत्रको पनि विकास र विस्तार हुदै जान थालेकोले चालु आर्थिक बर्षको आर्थिक बृद्धि ४.९ प्रतिशत हुने प्रक्षेपण गरेको स्पष्ट पारे ।

आक्रामक अमेरिकी नीतिले विश्वमा प्रतिबर्ष ०.३ प्रतिशतले आर्थिक बृद्धिमा असर पर्ने दावी गर्दै अर्थशास्त्री पार्कले नेपालको अमेरिकासँग ठूलो व्यापार नभएकोले ट्रम्प प्रशासनले घोषणा गरेको ‘बराबरी भन्सार दर’ नीतिले ठूलो असर नपार्ने बताए ।

त्यस्तै उनले नेपाल न्यून मध्यम आय वर्गको मुलुकबाट अघि बढ्दै गरेको सन्दर्भमा आफूलाई क्षेत्रीय तथा विश्व अर्थतन्त्रसँग मिलेर अगाडी बढ्न आर्थिक वृद्धिका खम्बाहरू बलियो बनाउँदै लैजानुपर्ने बताए ।

विश्व बजारमा प्रतिष्पर्धाका लागि नेपालले व्यापारको लागत घटाउनुपर्ने (व्यापार लागत घटाउन भन्सार दर कम गर्नुपर्ने) लगानी आकर्षितका लागि विदेशी कम्पनीहरुलाई विभिन्न छुट उपलव्ध गराउनुपर्ने उनको सुझाव थियो ।

अर्थशास्त्री पार्कले नेपालको सम्भावना डिजिटल सेवा र पर्यटन रहेको भन्दै रेमिट्यान्समा आधारित अर्थतन्त्रबाट उत्पादकत्व र रोजगारी सिर्जनामा केन्द्रित अर्थतन्त्रतर्फ लाग्नुपर्ने धारणा राखे ।

‘यूएसएडको अनुदान कटौती हुँदा विश्वभरि नै स्वास्थ्य तथा जनसंख्या सम्बन्धी कार्यक्रम प्रभावित भएका छन् । त्यसमा एडीबीले कसरी लगानी गर्न सक्छ भनेर मानिस आएका छन् । हामी अन्य दातासँग पनि समन्वय गरेर त्यसमा कसरी काम गर्न सकिन्छ भनेर हेरिरहका छौं,’ उनले भने ।
एडीबीका नेपाल निर्देशक आर्नो कास्वाँले एडीबीसँग त्यस्तो ठाउँमा लगानी गर्न केही लचकता रहेको बताए ।

भ्रमणका त्रममा पार्कले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गभर्नर महाप्रसाद अधिकारीसँग पनि भेटेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ