काठमाडौँ । साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । आइतबार सेयर बजार परिसुचक (नेप्से) ११.०१ अंकले ओरालो लागेर १५०९.१४ अंकमा अडिएको छ । यसदिन १५८ कम्पनीका ११ लाख ६ हजार कित्ता सेयर ५१ करोड रुपैयाँमा कारोबार भयो ।
यसदिन बैंक ०.९९, ट्रेडिङ ४.५७, विकास बैंक १.०७ , जबिद्युत १.८१ , फाइनान्स ०.८५ , बीमा १.१२ , लघुवित्त ०.६८ अंकले घटेको छ भने होटल ०.५७ र उत्पादनमुलक समूह १.३९ अन्य ०.९६ अंकले बढेको छ ।
आइतबारको कारोबारमा सबै भन्दा बढी नेपाल ग्रामिण बिकास बैंकको ६ करोड ५४ लाख रुपैयाँको कारोबार भएको छ । यसदिन बोटलर्स नेपाल तराईका सेयरधनीले करिब नौ प्रतिशतले कमाएका छन् भने कालिका माइक्रो क्रेडिटका सेयरधनीले करिब आठ प्रतिशत गुमाएका छन् ।
प्रतिक्रिया