वि.सं. २०८१ मंसिर १८
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

किन जटिल बन्दैछ सेबोनको अध्यक्ष नियुक्ती प्रकृया ?

अर्थटुडे
२०८१ असार ५, बुधबार

काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष (सेबोन) छान्ने प्रकृया थप जटिल भएको छ । विभिन्न विवादका विच सुरु भएको अध्यक्ष छान्ने प्रकृया सर्ट लिष्टमा परेकाहरु प्रस्तुतिकरण र अन्तरवार्तामा अनुपस्थित भएपछि थप जटिल बनेको हो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा गठित सिफारिस समितिले शर्टलिष्टमा परेका ५ जनालाई गत आइतबार प्रस्तुतिकरण र अन्तरवार्ताका लागि बोलाएको थियो तर आइतबार दुई जनामात्र (सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठ) मात्र उपस्थित भएका थिए । बाँकी ३ जनालाई बुधबार बोलाइएको थियो । तर बुधबार पनि तीनैजना अनुपस्थित भएपछि भने समिति अन्यौलमा परेको थियो ।

कार्यविधिमा ३ जनाको नाम सिफारिस गर्नु पर्ने तर प्रस्तुतिकरण र अन्तरवार्तामा जम्मा २ जना मात्र गएपछि समितिको संयोजक रहेका श्रेष्ठले उक्त फाइल रायका लागि महान्यायाधिवक्ताको कार्यालयमा पठाएका छन् ।

सेबोनकै कार्यकारी निर्देशक डा. नवराज अधिकारी र चिरञ्जिवी चापागाईँले आफूहरु नियुक्त हुने संभावना टरेको भन्दै पहिले नै प्रतिस्पर्धाबाट बाहिरिएको बताएका थिए भने नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की आफू नपर्ने भएपछि मोवाइल सवीच अफ गरेर बसेका थिए ।

बोलाइएका सवै अनुपस्थित भएपछि सिफारिस समितिले कसरी प्रक्रिया अघि बढाउने भनेर महान्यायाधिवक्तासँग राय मागेको जनाएको छ । सरकारको न्यायिक सल्लाहकार रहने महान्यायाधिवक्ताले दिने सुझाव अनुसार प्रक्रिया अघि बढाउने तयारी समितिको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ