वि.सं. २०८१ भाद्र २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मंगलबार तिव्रगतिमा बजार घटेपछि अर्थमन्त्री पौडेलले भने, ‘पुँजीबजार परिपक्व हुनुपर्छ’

अर्थटुडे
२०८१ श्रावण २३, बुधबार

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रको बागडोर सम्हालेयता सोमबार (साउन २१सम्ममा) ७५९ अंकले बढेको सेयर बजार मंगलबार भने एकैपटक १४५ अंकले ओरालो लागेको छ । यसदिन ५.१८ प्रतिशतले बजार ओरालो लागेको हो ।

अर्थमन्त्रीमा पौडेल पदासिन हुनेवित्तिकै सेयर बजार जादु झै तिव्र गतिमा उकालो लागेको थियो । पौडेलले अर्थमन्त्रालय सम्हालेको जम्मा एक महिना ५ दिन मात्र भएको छ । तर यो अवधिमा बजार एक्कासी माथि पुग्यो भने एकैदिन झण्डै डेढसय अंकले ओरालो लाग्यो । तिव्र गतिमा ओरालो लागेको बजार ब्रेक लगाउन खोज्दा दुर्घटना हुन सक्ने ठूलो जोखिम रहेको बजार विश्लेषकहरु बताउँछन् ।

नेपालको सेयर बजार हल्लाको भरमा चल्ने हो भनेर मंगलबार ह्वात्तै घटेपछि पुष्टी हुन्छ । सांसदहरुले विना कुनै कारण बजार एक्कासी उकालो लागेको भन्दै सोमबार प्रतिनिधिसभामा टिप्पणी गरेका थिए । नेकपा एमाले र काँग्रेसको सरकारलाई लगानीकर्ताले बलियो सरकारको रुपमा लिए। जसले सेयर बजार बढाउन निक्कै ठूलो टेवा दियो। तर साथसाथै बजारमा खेलाडीहरुको दिनभने बल्ल सुरु भएको थियो अर्थात् उनीहरु बजार बढाएर धमिलो पानीमा माछामार्न माहिर थिए । जसका कारण बढेको बजारमा उनीहरुले आफूसँग भएको सेयर विक्रि गर्दै बाहिरिन थाले । जसको परिणाम मंगलबारको बजार हो ।

मंगलबार बजारमा कारोबारले भने इतिहास रचेको छ । यसदिन २३ अर्ब ७१ करोड ६७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यो हालसम्मकै उच्च कारोबार हो ।

सेयर बजारमा करेक्सन पर्खिरहेका लगानीकर्ताले मंगलबार सेयर बजार घटेको मौका छोपे। जसले गर्दा नै कारोबार रकमको रेकर्ड बनेको हो। जसले गर्दा मंगलबार घटेको सूचक र बढेको कारोबार रकमले गर्दा लगानीकर्ताले अत्तालिनु पर्ने अवस्था नरहेको नेपाल इन्भेष्टर फोरमा अध्यक्ष तुलसीराम ढकालले बताए। उनका अनुसार मंगलबार बजारले रेस्ट लिएको रुपमा मात्रै लिनु पर्ने उनको तर्क छ।

सोमबार प्रतिनिधि सभामा एक स्वतन्त्र सांसद अमरेश कुमार सिंहले सेयर बजारमा तीव्र कर्नरिङ भइरहेको र निश्चित व्यक्तिहरू र उनीहरूले कुन कुन कम्पनीको सेयर उचालिरहेका छन् भन्दै सरकारले त्यसको छानबिन गर्न समिति नै बनाउनु पर्ने बताएका थिए । उनले सो कुरा भनेपछि केही लगानीकर्ताहरु भने हच्किएका छन् । जसका कारण आफ्नो नाफा सुरक्षित गर्न चाहनेहरुले भने सेयर विक्रि गरी नाफा बुक गरे ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले पुजीँबजार परिपक्व हुनुपर्ने बताए । उनले इन्साइडर ड्रेन्ड्रिङ, सोसियल मिडिया क्याम्पियन लगाएतका कारण कुनै पनि लगानीकर्ताको रकम डुव्न हुदैन भन्दै सेयर बजारको परिपक्व विकासमा अर्थमन्त्रालयले विशेष ध्यान दिने बताए ।

मंगलबार महिला आर्थिक पत्रकार संघसँग भएको भेटमा उनले सो कुरा बताएका हुन् । उनले पुजीँबजारको विकास पारदर्शी र परिपक्क ढंगले हुनुपर्ने र लगानीकर्ताको रकम डुव्न नहुनेमा मन्त्रालय सधै सचेत रहेको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ