काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा ऐतिहासिक रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनको मूल्य प्र्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँ तोकेको छ । बुधबारको तुलनामा सुनको मूल्य ६ सय रुपैयाँले बृद्धि भएको हो ।
विहिबार आज चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार तोलामा १ हजार ९ सय ५० रूपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया