काठमाडौ । उच्च अदालत पाटनले विशाल बजारको साधारण सभा रोक्न अन्तरिम आदेश दिएको छ । कम्पनीको शेयरधनी सुनिलकुमार शाक्यले विशाल बजार विरुद्ध उच्च अदालतमा दिएको रिट निवेदनमाथि न्यायधीशद्धय टंकप्रसाद गुरुङ र ऋषि राजभण्डारीको इजलासले मंगलबार अन्तरिम आदेश दिएको हो ।
कम्पनीे विहिबारको लागि बार्षिक साधारणसभा तोकेको थियो । सो साधारणसभा शेयरधनीको हित विपरित भएको भन्दै तत्काल रोक्न शाक्यले रिट निवेदन दिएका थिए । अदालतले रिट निवेदनको टुंगो नलगेसम्म साधारणसभा गर्ने निर्णय कार्यान्वयन नगर्न पनि अदालतले आदेश दिएको छ ।
त्यस्तै १५ दिनभित्र लिखित जवाफ दिन पनि कम्पनीलाई अदालतले आदेश दिएको छ ।
अदालतले निदवेदकको मागदाबी सम्बोधन गर्ने विषय कम्पनी ऐन २०६३ को दफा १३९ (४) समेतको अनुकुल नै भएको भन्दै निवेदनको अन्तिम किनारा नलागेसम्म साधारणसभा नगर्न अदालतले आदेश दिएको हो । कम्पनीले माघ २९ गते गोरखापत्रमा सुचना प्रकाशित गरी साधारणसभाको मिति तय गरेको थियो ।
प्रतिक्रिया