वि.सं. २०८२ जेष्ठ ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नियामक निकाय नभएका कम्पनीहरुका लागि धितोपत्र बोर्डले ल्यायो नयाँ नियम, आफूखुसी हकप्रद र एफपीओ जारी गर्न नपाइने

अर्थटुडे
२०७३ मंसिर २२, बुधबार

काठमाडौं । नियामक निकाय नरहेका कम्पनीहरुले अव नेपाल धितोपत्र बोर्डको सर्त अनुसार हकप्रद सेयर र एफ्पीओ जारी गर्नुपर्ने छ । नेपाल धितोपत्र बोर्डले मंगलबार नियामक निकाय नरहेका कम्पनीहरुले आफूअनुरुप हकप्रद सेयर जारी गर्न नपाउने निर्णय गरेको छ ।

हकप्रद एवं एफपीओ जारी गर्दा स्वच्छ, निष्पक्ष र पारदर्शी वनाउन एवं सो सम्बन्धमा आवश्यक नीतिगत व्यवस्था सिफारिश गर्न गठित समितिले पेश गरेको प्रतिवेदनको सिफारिश अनुसार बोर्डले नियामक निकाय नभएका कम्पनीहरुको हकमा सो निर्णय गरेको हो । केही समययता नियामक निकाय नरहेका कम्पनीहरुले जथाभावी हकप्रद सेयर र एफपीओ जारी गरी अन्यत्र लगानी गरिरहेका थिए ।

बोर्डले ति संस्थाहरुले हकप्रद र एफ्पीओ जारी गर्न चाहेको खण्डमा हकप्रद शेयर वा फर्दर पव्लिक इस्यू सम्बन्धमा साथै उक्त निष्काशनबाट प्राप्त हुने कूल रकमको उपयोग सम्वन्धमा स्पष्ट वित्तीय योजना तथा रणनीतिहरु साधारण सभाबाट पारित गराएको हुनुपर्ने, हकप्रद निष्काशन अनुपातको औचित्य पुष्टि गर्ने आधारहरु प्रष्ट हुनुपर्ने, प्राथमिक निष्काशन गरेको कम्तिमा २ वर्ष पूरा भएको हुनुपर्ने लगायतका सर्तहरु रहेका छन् ।

त्यस्तै नियमानुसार क्रेडिट रेटिङ्ग गरेको हुनुपर्ने, जारी पूँजी शत प्रतिशत चुक्ता भैसकेको हुनुपर्ने, प्रचलित कानून बमोजिम परियोजना निर्माणको लागि कुनै निकायबाट इजाजत, अनुमति वा स्वीकृति लिनुपर्ने भएमा त्यस्तो इजाजत, अनुमतिपत्र वा स्वीकृति लिइसकेको हुनुपर्ने सर्त रहेको छ ।
त्यसैगरी बोर्डले परियोजना निर्माणको लागि वित्तीय व्यवस्थापन तथा फाइनान्सियल क्लोजरको सैद्धान्तिक सहमतिपत्र प्राप्त गरिसकेको हुनुपर्ने, हकप्रद निष्काशन वा फर्दर पव्लिक इस्यूको सार्वजनिक सूचना प्रकाशित गर्नु भन्दा कम्तीमा ५ कार्य दिन अगाडि परियोजना निर्माणको लागि वित्तीय व्यवस्थापन तथा फाइनान्सियल क्लोजर भएको जानकारी गराई बोर्डको स्वीकृति लिएर मात्रै दरखास्त खुल्ला गरिएको सूचना प्रकाशित गर्नु पर्ने आदि रहेको छ ।
यो निर्णयले हकप्रद शेयर निष्काशन तथा एफ्पीओ जारी गरी पूँजी बृद्धि गर्दा स्पष्ट नीतिगत व्यवस्था भएर यस सम्बन्धी लगानी व्यवस्थित हुने र त्यस्ता संस्थाहरु प्रति लगानीकर्ताहरुको विश्वास अभिबृद्धि भई समग्र पँुजी बजारको समयानुकुल विकास तथा विस्तार हुन जाने बोर्डले स्पष्ट पारेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ