काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा एक लाख ६२ हजार कित्ता सेयर थपिएको छ । कारोबारका लागि मेगा बैंक र सेन्चुरी कमर्सियल बैंकका गरी १ लाख ६२ हजार कित्ता हकप्रद सेयर पुँजी बजारमा थपिएका हुन् ।
नेप्सेमा बिहीबार मेगा बैंकको ७७ लाख १४ हजार ५ सय ५६ कित्ता र सेन्चुरी कमर्सियल बैंकका ८४ लाख ८२ हजार २ कित्ता सेयर सूचिकृत भएका छन् । पूँजी बढाउन मेगा बैंकले २५ प्रतिशत तथा सेञ्चुरीले ३० प्रतिशत हकप्रद बिक्री गरेका थिए ।
प्रतिक्रिया