काठमाडौं । उद्योगमन्त्री नवीन्द्रराज जोशीले उद्योग विभागलाई उद्योग दर्ताको लागि निवेदन दिएको ३० घण्टाभित्र उद्योग दर्ताको प्रमाणपत्र दिन निर्देशन दिएका छन् ।
उनले उद्योगविभागमा सेवा लिन आउने सेवाग्राहीलाई नेपाली उद्योगको हकमा निवेदन दर्ता गरेको ३० घण्टा भित्र र विदेशी लगानीकर्ताको हकमा ७ दिन भित्र उद्योग दर्ताको प्रमाण पत्र दिन विभागलाई निर्देश्न दिएका हुन् । हाल नयाँ उद्योग दर्ताको लागि विभागबाट १४ दिन सम्मको समय लाग्ने गरेको छ ।
मूलुकमा औद्योगिकरणका लागि लगानी कर्ताहरुलाई आकर्षित गर्न जरुरी रहेको भन्दै मन्त्री जोशीले उद्योग विभागबाट प्रदान गरिने सेवालाई छिटो छरितो पारदर्शी बनाउन निर्देशन दिएका हुन् । विहिबार काठमडौंमा भएको एक कार्यक्रममा मन्त्रीले उद्योग विभागबाट प्रदान गरिने सेवाहरुका लागि आवश्यक कागजपत्रहरुको विवरण विभागको वेभ साईटमा अध्यावधिक गर्न निर्देशन पनि दिएका छन् ।
मन्त्री जोशीले सेवाग्राहीहरुलाई सजिलो होस् भन्ने हेतुले सेवाग्राहीहरुको गुनासो सुन्न आफै वा राज्यमन्त्री विभागमा उपस्थित हुने व्यवस्था समेत गर्न लागेको बताए । उद्योगहरुबाट हुने प्रदुषणलाई कम गर्न सबै उद्योगहरुलाई प्रद्षण कम गर्ने उपाय अवलम्वन गर्न पत्राचार गर्न मन्त्री जोशीले कर्मचारीहरुलाई निर्देशन समेत दिए ।
प्रतिक्रिया