वि.सं. २०८२ जेष्ठ ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पेट्रोलियम पदार्थको मूल्य नबढाउने समितिको निर्देशन

अर्थटुडे
२०७३ पुष ७, बिहीबार

काठमाडौं । व्यवस्थापिका संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले सरकारलाई पेट्रोलियम पदार्थको बढाइएको मूल्य लागु नगर्न निर्देशन दिएको छ । बिहीबार समिति अन्तर्गतको उपभोक्ता उपसमिति बैठकले नेपाल आयल निगम र आपूर्ति मन्त्रालयलाई मूल्यवृद्धिको निर्णय स्थगन गर्न निर्देशन दिएको हो ।

आफैले बनाएको कार्यविधि विपरित हुने गरी तेलको मूल्य समायोजन गरेको भन्दै समितिले पहिलेकै मुल्य लागु गर्न निर्देशन दिएको हो । आयल निगमले पेट्रोल, डिजेल र मटितेल सबैमा चार रुपैयाँ ५० पैसा र हवाइ इन्धनमा १० र ग्यासमा ५० रुपैयाँको दरले मुल्यबृद्धि गरेको हो ।

अब समितिको निर्देशनअनुसार निगमले मूल्य घटाए फेरि पेट्रोलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ, डिजेल ७३ रुपैयाँ र मटितेल ७३ रुपैयाँ कायम हुनेछ ।
निगमले भने स्वाचालित मुल्य अनुसार नै पेट्रोलियम पदार्थकपो मुल्य बृद्धि गराएको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ