काठमाडौ । प्रभु बैंकले ४० प्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ । बैंककोे शुक्रबार सम्मपन्न १५औं वार्षिक साधारण सभाले ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने सञ्चालक समितिको प्रस्तावलाई पारित गरेको छ । ४० प्रतिशत हकप्रद सेयर विक्रि गरेपछि बैंकको चुक्तापुँजी ८ अर्व ३३ करोड पुग्ने छ । हाल बैंकको चुक्तापुँजी ५ अर्ब ८८ करोड रुपैयाँ रहेको छ ।
त्यस्तै बैंकको सो साधारण सभाले अन्य बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने र गाभिने, एक्विजिसन(प्राप्ति) तथा खरिद गर्ने प्रक्रिया अगाडि बढाउनको लागि सञ्चालक समितिलाई अख्तियारी दिने पनि निर्णय गरेको छ । साधारण सभाले ६ जना सञ्चालक समिति पनि निर्विरोध चयन गरेको छ ।
अध्यक्षमा पुन देवीप्रकाश देवीप्रकाश भट्टचन चयन भएका छन् भने संस्थापक शेयधनीहरुको तर्फबाट पुष्पबहादुर प्रधान, अम्बिका शर्मा लामिछाने र रमेश सिंह खड्का सञ्चालक चयन भएका छन् त्यस्तै सर्वसाधारण शेयरधनीहरुको तर्फबाट कुसुम लामा र दक्ष पौडेल (सुभाष) चयन भएका छन् । उनीहरु यसअघि पनि बैंकको सञ्चालक थिए ।
सभाबाट सञ्चालक समितीको प्रतिवेदन सहित गत आ.व.०७२ ÷०७३ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु पारित गरिएको छ ।
प्रतिक्रिया