वि.सं. २०८१ मंसिर १८
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्से एक हजार नजिक, विमा समूहका लगानीकर्ताले धेरै गुमाए

अर्थटुडे
२०७१ असार १९, बिहीबार

काठमाडौं । सेयर बजार परिसुचक (नेप्से) एक हजार नजिक पुगेको छ । विहिबार नेप्से परिसुचक ०.३७ ले बढेर ९ सय ७२.८५ अंकमा पुगेको छ ।
विहिबार सवैभन्दा बढी विमा समूहका लगानीकर्ताले गुमाएका छन् भने जलविद्युतका लगानीकर्ताले कमाएका छन् । त्यस्तै गुमाउनेहरुमा बैकिङ, होटल र डेभलपमेन्ट बैंकका लगानीकर्ताहरु रहेका छन् भने फाइनान्स कम्पनीका लगानीकर्तारुले कमाएका छन् । विहिबार १ सय ४० कम्पनीको ६८ करोड ८६ लाख रुपैयाँ बराबरको १४ लाख १ हजार कित्ता सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

विहिबार गुमाउने पाँच वित्तिय संस्थाहरुमा सेन्ट्रल फाइनान्स, एसियन लाइफ इन्स्योरेन्स, सुर्य लाइफ इन्स्योरेन्स, सिद्धार्थ डेभलपमेन्ट बैंक, नेरुडे लघुवित्त विकास बैक रहेका छन् भने एभरेष्ट इन्स्योरेन्स, एच्एण्ड डेभलपमेन्ट बैंक, सिनर्जी फाइनान्स, बुटवल पावर कम्पनी लिमिटेड र सिटीजन इन्भेष्टमेन्ट ट्रष्टले कमाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ