काठमाडौ । सरकारले कृषि विकास बैंकमा लिलाप्रकाश सिटौलालाई सञ्चाकमा नियुक्त गरेको छ । सिटौला राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् । सरकारले सञ्चालक तथा प्रमूख कार्यकारी अधिकृत (सिइओ) तेजबहादुर बुढाथोकीलाई व्यवस्थापनको मात्र जिम्वेवारी दिइ सञ्चालकमा सिटौलालाई नियुक्त गरेको हो ।नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थामा एउटै व्यक्ति बोर्ड र व्यवस्थापनमा बस्न नपाउने व्यवस्था लाई लागु गरिसकेको छ । सरकारले भने सो व्यवस्था कृषि विकास बैंकबाट लागु गर्न सुरु गरेको हो ।
सो प्रावधान निजी क्षेत्रले प्रबर्द्धन गरेका संस्थामा कडाइका साथ लागु भए पनि सरकारले अटेर गर्दै आएको थियो । कृषि विकास बैंकमा हटाए पनि सरकारी स्वामित्वका अरु बैंक तथा वित्तिय संस्थामा भने एउटै व्यक्ति बोर्ड र व्यवस्थापनमा प्रतिनिधि रहदै आएका छन्।
प्रतिक्रिया