काठमाडौं । नेपाली बजारमा बुधबार सुन प्रतितोला ५२ हजार ४०० र चाँदी प्रतितोला ७६० रुपैयाँमा किनबेच भइरहेको छ ।
तिन दिनदेखि स्थिर रहेको सुनको भाउ बुधबार २०० रुपैयाँ महंगो भएको हो । यो साताको सुरुदेखि सुन ५२ हजार रुपैयाँमा कारोबार भइरहेको थियो ।
यसैगरी स्थिर रहेको चाँदी पनि आज १० रुपैयाँ बढेको हो ।
अन्तर्राष्ट्रिय बजार उकालो लागेकाले नेपालीमा पनि सुनचाँदीको भाउ बढ्ने संकेत गरेको छ ।
प्रतिक्रिया