वि.सं. २०८१ मंसिर १८
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

इराकमा भएका नेपालीहरुको उद्धारमा लाग्ने खर्च सरकारले व्यहोर्ने

अर्थटुडे
२०७१ असार २०, शुक्रबार

काठमाडौं । सरकारले इराकमा भएका नेपालीहरुको उद्धारमा लाग्ने सम्पुर्ण खर्च व्योहोर्ने बताएको छ । शुक्रवार उप—प्रधानमन्त्री वामदेव गौतमको अध्यक्षतामा बसेको मन्त्री परिषद्को बैठकले इराकमा रहेका नेपालीहरुको उद्धारका लागि पराराष्ट्र मन्त्रालयका सहसचिव अर्जुनप्रसाद मैनालीको नेतृत्वमा एक टोली इराक पठाइसकेको पनि जानकारी दिएको छ ।

Singha_durbarसरकारका प्रबक्ता, सुचना तथा सञ्चार मन्त्री डा.मिनेन्द्र रिजालले सरकारले पत्रपत्रिकालाई प्रदान गर्ने लोककल्याणकारी विज्ञापनमा विगत चार वर्षदेखि करकट्टा नगरी वितरण गरिदै आएको र आर्थिक वर्षको अन्त्यमा कर कट्टा गर्न नसक्ने भएकोले त्यसमा देखिने बेरुजु मिनाहा गर्ने निर्णय समेत गरेको जानकारी दिए ।

त्यसैगरी मन्त्रीपरिषद्ले सहरी विकासका लागि संयुक्त राष्ट्र मानव बस्ती कार्यक्रमबाट ९४ करोडको अनुदान लिने र खानेपानीका लागि विश्व बैंकबाट ५ अर्व रुपैयाँ सहायता लिने निर्णय समेत गरेको प्रबक्ता डा.रिजालले जानकारी दिए ।

‘प्रधानमन्त्रीको अनुपस्थितीका कारण नियमित काममा रोकावट नहोस र कर्मचारीको वृत्तिविकासमा समस्या नहोस भनेर उप प्रधानमन्त्री गौतमको अध्यक्षतामा बैठक बसेको रिजालको भनाइ छ । हाल प्रधानमन्त्री सुशील कोइराला अमेरिकामा स्वस्थ जाँच गराइरहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ