काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोमबार मात्र तीन करोड कित्ता भन्दा बढीको सेयर कारोबारको लागि सुचिकृत भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक, नविल बैंक, अपि पावर लिमिटेड, कन्ट्री डेभलपमेन्ट बैंक र मिथिला लघुवित्तले जारी गरेको बोनस सेयर नेप्सेमा कारोबारको लागि सुचिकृत भएको हो ।
नेप्सेका अनुसार सोमबार नेपाल ईन्भेष्टमेन्ट बैंकले आफ्ना लगानीकर्ताहरुलाई प्रदान गरेको २० प्रतिशत बोनस सेयर (एक करोड ४९ लाख १४ हजार २७ कित्ता) कारोबारको लागि थपिएको छ । त्यस्तै नबिल बैंकले लगानीकर्ताहरुको लागि प्रदान गरेको ३० प्रतिशत बोनस सेयर पनि कारोबारको लागि सुचिकृत भएको छ । जुन एक करोड ४२ लाख ८९ हजार ३७४ कित्ता रहेको छ ।
अपी पावरले पनि लगानीकर्ताहरुको लागि प्रदान गरेको पाँच प्रतिशत बोनस सेयर अर्थात पाँच लाख कित्ता सेयर पनि कारोबारको लागि नेप्सेमा सुचिकृत भएको छ । कन्ट्री डेभ्लपमेन्ट बैंकको पनि दुई लाख ४१ हजार २८० कित्ता बोनस सेयर र मिथिला लघुवित्तको एक लाख ७९ हजार ७४० कित्ता हकप्रद सेयर पनि कारोबारको लागि नेप्सेमा सुचिकृत भएको छ ।
नेप्सेमा यसरी सुचिकृत भएका सेयरहरु सम्बन्धित लगानीकर्ताले आफ्नो हितग्राही खातामा प्राप्त गरेपछि बेचबिखन गर्न योग्य हुनेछ ।
प्रतिक्रिया