वि.सं. २०८२ असार ११
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

७.५ व्याजदरमा स्टान्डर्ड चार्टर्डको होमलोन, २० हजार अनुदान पनि

अर्थटुडे
२०७३ पुष १९, मंगलवार

काठमाडौं । लगानी गर्ने रकमको अभाव देखाउदै बैंक तथा वित्तीय संस्थाले व्याजदर बढाइरहेको बेला स्टान्डर्ड चार्टर्ड बैंकले भने ७.२५ प्रतिशत व्याजदरमै होम लोन (घर निर्माण कर्जा) दिने घोषणा गरेको छ । यसअघि बैंकले ७.५० प्रतिशतमा होम लोन दिदै आएकोमा त्यसलाई घटाएको हो ।

नयाँ योजनामा कर्जा लिने ग्राहकलाई २० हजार रुपैयाँ अनुदान, धितो मूल्यांकन र कर्जा सूचना निशुल्कको गरेको छ । यस्तै योजनामा सहभागी ग्राहकले डेबिट कार्ड र क्रेडिट कार्ड समेत समेत निःशुल्क पाउनेछन् ।

यो योजनाको ब्याजदर १ वर्षसम्म परिवर्तन नहुने बैंकले बताएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ