काठमाडौं । बैंक तथा वित्तीय संस्थासम्बन्धी कानुन (बाफिया) व्यवस्थापिका संसदबाट पारित भएको छ । संसद्को मंगलबार बसेको बैठकमा अर्थमन्त्री कृष्णबहादुर महराले पेश गरेको विद्ययेक पारित गर्ने प्रस्ताव पारित भएको हो । अब राष्ट्रपतिले प्रमाणीकरण गरेपछि यसले कानुनको मान्यता पाउनेछ ।
विवादास्पद बनेको बाफियाँ कार्यान्वयनमा आएपछि संस्थापक सेयर १० वर्षपछि साधारण सरह बिक्री गर्न पाइने भएको छ । राष्ट्र बैंकले बनेको ऐनको मस्यौदामा यो व्यवस्था भएपनि अर्थ मन्त्रालयले थप गरेको थियो ।
बाफियाका मुख्य बुँदा निम्न छन् :
- संवैधानिक पद धारण गरेको व्यक्ति बैंकको संचालक बस्न नपाउने
- अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको कार्यअवधि २ कार्यकाल
- कर्मचारीलाई ०.५ प्रतिशत सेयर
- एकै व्यक्ति बैंक र बिमा कम्पनीको संचालक बस्न नपाउने
प्रतिक्रिया