काठमाडौं । अर्थमन्त्री डा.रामशरण महत र नेपालका लागि भारतका राजदूत रञ्जित रेसँग भारतले नेपालको ठूला आयोजनामा लगानी गर्न आग्रह गरेका छन् । उनले भारतले जलबिद्युत, काठमाडौं तराई द्रुत मार्ग, हुलाकी राजमार्ग, बैतडीको झुलाघाट पुल र महाकाली पुल तथा क्रिकेट एकेडेमी निर्माणमा सहयोग गर्न आग्रह गरेका हुन् ।
भेटका अवसरमा भारतीय राजदूत रेले प्रधानमन्त्री मोदीको भ्रमणमा ठूलो सहयोगको घोषणा हुन लागेको जानकारी दिदै सो अवसरमा पारस्परिक हितका लागि उठाइनुपर्ने केही बिषयहरु भए अग्रिम जानकारी दिन पनि आग्रह गरेका थिए ।
राजदूत रेले माथिल्लो कर्णाली, माथिल्लो मस्र्याङदी र अरुण तेस्रोको पावर डेभलपमेन्ट एग्रिमेन्ट पीडीए गर्ने सम्वन्धमा भारत इच्छुक रहेको प्रतिउत्तरमा बताएका छन् । उनले नेपालको क्रिकेट मैदान निर्माणका लागि भारत सहयोग गर्न तयार रहेको जानकारी समेत दिएका थिए ।
भेटका अवसरमा पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउने, पशुपतिनाथ क्षेत्रमा धर्मशाला बनाउने, चुरे संरक्षण, नेपाल प्रहरी प्रतिष्ठान लगायतमा भारतको सहयोगका विषयमा छलफल भएको थियो ।
प्रतिक्रिया