वि.सं. २०८२ जेष्ठ ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

विद्युत प्राधिकरणका सुपरभाइजर सहित १२ कर्मचारी पक्राउ

अर्थटुडे
२०७३ माघ ९, आईतवार

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका सुपरभाइजर सहित १२ जना कर्मचारी पक्राउ परेका छन् । नेपाल प्रहरीले विद्युत चोरीमा संलग्न भएको आरोपमा थप चार जना व्यवसायीलाई पनि पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख एसएसपी सर्वोन्द्र खनालका अनुसार उनीहरुले रकम लिएर मिटर विगार्ने र प्राधिकरणलाई घाटा पार्दै आएको खुलेपछि प्रहरीले पक्राउ गरेको हो ।

मिटर विगारेर कम बिलिङ गरे वापत उनीहरुले विभिन्न उद्योगहरुबाट लिने गरेको पनि खनालले जानकारी दिए । पक्राउ पर्नेमा बालाजु क्षेत्रका सुपरभाइजर सुमन श्रेष्ठ सहित मिटर रिडरहरु महादेव प्रधान, ओम ढुंगाना,श्याम बस्नेत,प्रदिप शर्मा, सुर्यबहादुर थापा,ठाकुर महर्जन, मनिज श्रेष्ठ र भगवान पाण्डे पक्राउ परेका छन् ।

त्यस्तै प्रहरीले इलेक्टिसियन अच्युत खड्का, बरिष्ठ सहायक दिलबहादुर साउद र व्यवसायीहरु कुमार लामा, तपन घोष, परवेज आलम र रमेश चुडाल रहेका छन् ।  प्रहरीका अनुसार उनीहरु एक आपसमा मिलेर ५० हजार विल उठेको भए मिटर विगारेर ५०० देखि १ हजार मात्र विलिङ गराउँने र बाँकी रकम भने उद्योग र विद्युत प्राधिकरणका कर्मचारीहरुले आधा आधा गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ