काठमाडौं । मंगलबार सेयर बजार परिसुचक (नेप्से) २४.८९ अंकले ओरालो लागेको छ । केहीदिन यता सेयर बजारमा खासै उतारचढाव आएको थिएन । यसदिन कारोबार पनि ३८ करोड ५७ लाखमा सिमित भएको छ । दिनभर कुल १३० कम्पनीको ८ लाख ५३ हजार ४६० कित्ता सेयर किनबेच भएको छ ।
यसदिन सम्पुर्ण उपसुचकहरु पनि ओरालो लागेको छ । मंगलबार बैकिङ २५.९, होटल १२.३२, विकास बैंक २०.१५, जलविद्युत ३०.४४, फाइनान्स १८.४१, बिमा १४०.७४ र अन्य ६.६५ अंकले ओरालो लागेको छ । यसदिन सवैभन्दा बढी प्रभू बैंकको तीन करोड १८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
त्यस्तै एसियन लाइफको संस्थापक सेयर, प्रभु बैंकको संस्थापक सेयरको बढि कारोबार भएको छ । यसदिन सवैभन्दा बढी कमाउनेमा राष्ट्रिय बिमा कम्पनी संस्थापक र ग्रिन डेभलपमेन्ट बैकका लगानीकर्ताहरु रहेका छन् । भने गुमाउनेमा खानीखोला जलविद्युत, लुम्बिनी फाइनान्स लगायतका लगानीकर्ताहरु रहेका छन् ।
प्रतिक्रिया