काठमाडौं । उपभोक्ताले उपभोग गर्ने स्याउको मुल्यमा २१ प्रतिशतले बृद्धि भएको छ । शुक्रवार र शनिवारमा एक किलो स्याउको मुल्य ५२ रुपैयाँले बढेको कालीमाटी फलफुल तथा तरकारी बजारले जनाएको छ ।
गत शुक्रबार किलोको औषत एक सय ९३ रुपैयाँ रहेको स्याउ शनिबार दुई सय ४० रुपैयाँ पुगेको थियो । आइतबार पनि किलोमा पाँच रुपैयाँले बढेको कालीमाटी फलफूल तथा तरकारी बजारले जनाएको छ । बजारका अनुसार आइतबार एक किलो स्याउ किन्नका लागि कम्तिमा २४० देखि बढीमा २५० रुपैयाँ सम्म तिर्न पर्ने हुन्छ ।
प्रतिक्रिया