वि.सं. २०८१ मंसिर १८
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

विद्युत प्राधिकरणले गर्यो २५ सय कर्मचारीको सरुवा, कर्मचारी युनियनको विरोध

अर्थटुडे
२०७३ माघ १२, बुधबार

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले एकैपटक करिव २५सय कर्मचारीको सरुवा गरेको छ । बिजुली चोरीमा आफ्नै कर्मचारीको संलग्नता खुलेपछि प्राधिकरणले कर्मचारीको सरुवा गरेको हो ।  प्राधिकरणले वितरण तथा ग्राहक सेवा विभागअन्तर्गत देशभर कार्यरत दुई हजार ४८० जना कर्मचारी सरुवा गरेको छ ।

केही समयअघि प्रहरीले प्राधिकरणका सुपरभाइजर सहित १२ जना कर्मचारीलाई विद्युत चोरीको आरोपमा पक्राउ गरेको थियो । पक्राउपछि कर्मचारीले पहुँचवाला उपभोक्तासँगको मिलेमतोमा उठेको विलभन्दा कम शुल्क लिने गरेको कुरा बाहिर आएको थियो ।

दशौ वर्षदेखि एकै ठाउँमा रहेको कर्मचारीहरुलाई प्राधिकरणले अहिले सरुवा गरेको छ । सरुवामा परेका कर्मचारीहरु सबै मिटर रिडिङ लगायत काममा खटिएका पाँच तह तलका मात्र रहेका छन् । कर्मचारीहरु सरुवामा परेपछि कांग्रेस र एमालेसम्बद्ध कर्मचारी संगठनले प्राधिकरण मुख्यालयमा कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यालयमा समेत धर्ना दिएका छन् ।

एकै ठाउँमा धेरै समयबस्दा उनीहरुले ठूला उपभोक्तासग सेटिङ मिलाउने गरेको तथ्य खुलेपछि उनीहरुको सेटिङ तोड्नको लागि कर्मचारीहरुको सरुवा गरेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ