काठमाडौं । शिखर इन्स्योरेन्सले एफ्पीओ निष्कासनको लागि एनआइबिएल क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । इन्स्योरेन्स कम्पनी र एनआइबिएल क्यापिटल मार्केटबिच बुधबार निष्काशन तथा बिक्रि प्रबन्धकको सम्झौता भएको छ ।
शिखर इन्स्योरेन्सको १२ औं साधारण सभाले कम्पनीको साधारण शेयरको अनुपात ४० प्रतिशत पु¥याउन साधारण शेयरको नयाँ निष्काशन गर्ने निर्णय गरेको थियो । सोही बमोजिम कम्पनीले १ लाख ६२ हजार ७८१ कित्ता साधारण सेयर १५२० प्रिमियम सहित १६२० मा निष्काशन गर्ने भएको हो ।
शिखर इन्स्योरेन्स कम्पनीले दोस्रो त्रैमासमा बीमा व्यवसायमा ७७ प्रतिशतको वृद्धि भएको छ भने खुद नाफामा ८० प्रतिशतको वृद्धि भएको छ । कम्पनीको हालसम्म ३५ वटा शाखा रहेको छ भने थप ५ वटा शाखा थप गर्ने क्रममा रहेको बताइएको छ ।
प्रतिक्रिया