वि.सं. २०८२ जेष्ठ ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ग्लोबल आइएमई बैंकले एकीकृत कारोबार सुरु गर्यो

अर्थटुडे
२०७३ फाल्गुन १, आईतवार

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले र प्यासिफिक डेभलपमेन्ट बैंक लिमिटेडले एकीकृत कारोबार सुरु गरेको छ । काराोबारको नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जिवी नेपालले समुद्घाटन गरेको छ ।

प्यासिफिक डेभलपमेन्ट बैंकले लमजुङ जिल्लालाई कार्यक्षेत्र बनाई विगत ७ वर्षदेखि कारोबार गर्दे आईरहेको छ ।
प्यासिफिक डेभलपमेन्ट बैंकलाई ग्लोबल आइएमई बैंकले किनेपछि बैंकको कुल चुँक्ता पूँजी ७ अर्व २४ करोड (आर्थिक वर्ष २०७२/७३ को प्रस्तावित वोनस शेयर सहित) पुगेको छ ।

बैंकको कुल निक्षेप ८५ अर्व, कर्जा लगानी ७२ अर्व ८८ करोड रहेको छ । बैंकको ९४ वटा शाखा कार्यालय पुगेका छन् । ग्लोबल आईएमई बैंकले यसअघि कर्मज एण्ड ट्रष्ट बैंक, आईएमई फाइनान्सियल इन्स्टिच्युसन, गुल्मी विकास बैंक, सोसियल डेभलपमेन्ट बैंक र लर्ड बुद्ध फाईनान्ससंग सफल मर्जर गरिसकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ