वि.सं. २०८२ असार १०
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्से ४.०१ अंकले ओरालो, कारोबार पनि ४० करोडमा सिमित

अर्थटुडे
२०७३ फाल्गुन ३, मंगलवार

काठमाडौं । सोमबार बढेको सेयर बजार एकदिन पनि टिक्न नसकी मंगलबार ४.०१ अंकले घटेको छ । सोमबार बजार २६ अंकले बढेको थियो । मंगलबार कारोबार सुरु हुदा बढेपनि विस्तारै घटेर १२६१ अंकमा पुगेको थियो । विस्तारै बढ्न सुरु गरेको बजार फेरी घटेर १२७४.९७ अंकमा अडिएको छ ।

यसदिन कारोबार पनि ४० करोड मात्र भएको छ । यसदिन होटल र विकास बैंक बाहेक सम्पुर्ण उपसुचक ओरालो लागेको छ । होटल ३३.५४ र विकास बैंक २.३८ अंकले उकालो लागेको छ । मंगलबार बैकिङ, जलविद्युत, फाइनान्स, बिमा, उत्पादन मूलक र अन्य क्रमशः १.६५, २७.१६,०.७६, ९३.४९, १.८६, र ०.८७ अंकले ओरालो लागेको छ ।

यसदिन सवैभन्दा बढी कारोबार हुने कम्पनीहरुमा बाणिज्य बैंक नै अगाडी देखिएका छन् । यसदिन प्रभू बैंक, नेपाल बंगलादेश बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक,लक्ष्मी बैंक, शिखर इन्सुरेन्स लगायतका रहेका छन् ।

त्यस्तै सवैभन्दा बढी कमाउने कम्पनीहरुमा कालिका माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, सगरमाथा इन्सुरेन्स, वोमी माइक्रोफाइनान्स वित्तिय संस्था,हाम्रो विकास बैंक, सप्तकोसी डेभलपमेन्ट बैंक लगायतका रहेका छन् ।

मंगलबार सवैभन्दा बढी गुमाउनेमा दिव्यश्वरी हाइड्रोपावर, नागवेली लघुवित्त विकास बैंक, युनाइटेड इन्सुरेन्स, सहारा विकास बैंक, डिप्रोक्स विकास बैंक लगायतका कम्पनीहरु रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ