काठमाडौं । नेप्से परिसुचक सोमाबार बढेर एक हजार नजिक पुगेको छ । सोमबार नेप्से परिसुचक ८.८५ अंकले बढेर ९९५.१९ अंकमा पुगेको छ । यो ६ वर्षयताकै उच्च हो ।
२०६५ असोज २७ गते एक हजार ४ विन्दुमा रहेको थियो ।
एक हजार चार देखि एक हजार १८ को विन्दुमाप्रतिरोधको परिक्षण गरिरहेको नेप्सेले त्यसपछि पनि सानो सानो प्रतिरोध पाउने सम्भावना छ । तर रेखाचित्रलाई हेर्दा नेप्सेले अझैपनि एक हजार ६० एक हजार ७१ विन्दुमा प्रतिरोध पाउने देखिन्छ ।
२०६५ भदौ १५ गते एक हजार एक सय ७५ विन्दु पुग्नु अघि नेप्से २०६४ पुस २ गते एक पटक एक हजार ६४ मा पुगेर सोही वर्षको चैतमा सात सयको तहसम्म ओर्लिएको थियो । सोमबार १४ लाख ८५ हजार कित्ता सेयर ६ करोड ८३ लाख रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया