काठमाडौं । नेपाल आयल निगम पश्चिमाञ्चल क्षेत्रीय कार्यालय भलबारी डिपोका क्षेत्रीय प्रबन्धकसहित तीन उच्च अधिकारीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा क्षेत्रीय प्रबन्धक नागेन्द्र कुमार कुर्मी, प्रबन्धक दीपेन्द्र बस्नेत र सहायक प्रबन्धक रविनकुमार राउत रहेको अख्यिारले जनाएको छ ।
उनीहरु इन्डियन आयल कर्पोरेसनबाट तेल ल्याउँदा निगमलाई हानि नोक्सानी पुर्याउने कार्यमा संलग्नता देखिएको अख्तियारले जनाएको छ ।
यसैबीच अख्तियारले प्रोपर्टी भ्यालुएसन गराए बापत राजस्व नतिरी कागजात मिलाइदिन्छु भनी सेवाग्राहीसंग घुस लिने काठमाडौं गागलफेदी गाविसका सचिव तेजराज अर्यालविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ । बनेपाका सेवाग्राहीसँग १५ हजार घुस लिएको अवस्थामा उनलार्इ अख्तियारको टोलीले पक्राउ गरेको थियो ।
प्रतिक्रिया