काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले जारी गर्न लागेको १९ करोड २५ लाख ७ हजार ८ सय ८० रुपैयाँ बराबरको हकप्रद निष्कासनलाई इक्रा नेपालले चार प्लस ग्रेड दिएको छ ।
यसबाट कम्पनीको आधारहरु औसत भन्दा तल रहेको बुझिन्छ । इक्रा नेपालले कुनैपनि कम्पनीको आइपीओ वा हकप्रद सेयर आउन लाग्दा ग्रेडिङ गरी कम्पनीको बारेमा विश्लेषण सहित ग्रडिङ गर्ने गर्दछ ।
इक्राले १ देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिङ प्रदान गर्दछ । जस्मा ग्रेड १ ले कम्पनीको बलिया ेआधारहरु जनाउँछ भने गे्रड ५ ले कमजोर आधारहरु जनाउँछ ।
ग्रेड २, ३ र ४ मा प्रयोग गरिने + चिन्हले त्यस समूहको तुलनात्मक रुपमा सकारात्मक स्थितिलाइ जनाउँदछ ।
प्रतिक्रिया