वि.सं. २०८२ जेष्ठ ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

युनाइटेड मोदीको आइपीओ विक्रि खुल्ला

अर्थटुडे
२०७३ फाल्गुन ९, सोमबार

काठमाडौं । युनाइटेड मोदी हाइड्रो पावर लिमिटेडले १७ करोड २५ लाख रुपैयाँ बराबरको १७ लाख २५ हजार कित्ता प्राथमिक शेयर (आइपिओ) आजदेखि खुल्ला गरेको छ । प्रति कित्ता सय अंकिल सो आइपीओमा न्युनतम ५० कित्ता देखि १५ हजार कित्तासम्म आवेदन दिन सकिने छ ।

धितोपत्र निष्कासन तथा विक्रि प्रबन्धकको रुपमा रहेको एनआइवीएल क्यापिटलका अनुसार १७ लाख २५ हजा कित्ता आइपीओमध्ये ३४ हजार ५०० कित्ता कर्मचारी र ८६ हजार २५० कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरेको छ । बाँकीमा मात्र सर्वसाधरणले आवेदन दिन पाउने छन् ।

कम्प्नीले जारी गरेको आइपीओ छिटोमा फागुन २३ गते र ढिलोमा चैत ३ गते बन्द हुने छ । कम्पनीले पर्वतको कुश्माको मोदी खोलामा निर्माण गरेको १० मेगावाटको तल्लो मोदी—१ परियोजनाबाट अहिले बिजुली उत्पादन भइरहेको छ । उक्त परियोजना २०६९ सालमै निर्माण पूरा भएको थियो । कम्पनीले आयोजना प्रभावितका लागि खुलाएको शेयर गत कात्तिकमा बाँडफाँड गरिसकेको छ ।

कम्पनीको सेयर आवेदनको लागि एनआइबिएल क्यापिटलको केन्द्रीय कार्यालय लाजिम्पाट, सिबिआईएल क्यापिटल, काठमाडौँ क्यापिटल, भिबोर क्यापिटल, गोर्खाज फाइनान्सका शाखाहरु, आइसिएफसी फाइनान्सका शाखाहरु, सिनर्जी फाइनान्सका शाखाहरु, हाम्रो विकास बैंक नुवाकोट, ग्रीन डेभलपमेन्छ बैंक बाग्लुङ र साझा विकास बैंकका शाखा मार्फत
पनि आवेदन दिन सकिनेछ ।

त्यस्तै आस्वा प्रणालीको स्वीेकृति लिएका बैंकमा खाता हुनेले आस्वा प्रणाली मार्फत लगानी गर्न समते सक्ने एनआइवीएल क्यापिटलले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ