वि.सं. २०८१ मंसिर १७
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

युरोपियन देशमा ४ रुपैयाँ ९९ पैसामै कल गर्न पाउँछन् एनसेलका ग्राहकले

अर्थटुडे
२०७१ असार २४, मंगलवार

काठमाडौं । तपाईको कोही आफन्त बेलायत, फान्स, जर्मनी वा अन्य युरोपियन देशमा बसोबास गरिरहेका छन् ? यदि छन् भने तपाईहरुलाई खुसीको खवर छ । निजी क्षेत्रको सवैभन्दा ठूलो दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आजदेखि युरोपियएन युनियनमा आवद्ध २८ मूलुकका लागि कल महसुल घटाएको छ ।

ncel
एनसेलले बेलायत, स्वीडेन, फ्रान्स, इटाली, जर्मनी लगायतका २८ देशका लागि कर बाहेक ४ रुपैयाँ ९९ पैसा प्रति मिनेट लाग्ने छ । एनसेलका प्रिपेड तथा पोष्पेड ग्राहकहरुलाई स्वतः लागु हुने एनसेलले जनाएको छ ।
प्रिमीयम नम्वरमा भने प्रिमियम नम्वर नै लागु हुने एनसेलले जनाएको छ । हाल युरोपियन युनियनका मूलुकहरुमा कुरा गर्दा देश अनुसार फरक फरक शुल्क लागु हुने गरेको थियो भने नयाँ शुल्कले एनसेल ग्राहकलार्य सहज बनाएको एनसेलले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ