वि.सं. २०८२ असार १०
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

चैतमा चौथो राष्ट्रिय लघुवित्त सम्मेलन हुने

अर्थटुडे
२०७३ फाल्गुन ११, बुधबार

काठमाडौं । ‘वित्तीय, सामाजिक र मानविय मूल्यहरुको बिच सन्तुलन’ भन्ने नारासहित आगामी चैतमा  २ गतेदेखि ४ गतेसम्म काठमाडौंमा राष्ट्रिय लघुवित्त सम्मेलन हुने भएको छ ।

सेन्टर फर माइक्रोफाइनान्सको नेतृत्वमा सहकारी तथा गरिवी निवारण मन्त्रालय, नेपाल राष्ट्र बैकलगायत लघुवित्त क्षेत्रमा कार्यरत बैंक, सहकारी संस्था र अन्य सरोकारवाला निकायको आयोजनामा कार्यक्रम हुन लागेको हो ।
याक एण्ड यति होटलमा हुने कार्यक्रममा लघुवित्त क्षेत्रका विज्ञ, ग्राहक, सरोकारवालाहरु गरी ८०० भन्दा बढिको सहभागिता रहने आयोजकले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

लघुवित्त क्षेत्रका समस्या र चूनौतिबारे छललफल गरी सुधारको बाटो पहिल्याउनका लागि लघुवित्त सम्मेलन गर्दै आएको आयोजक सिएमएफका अध्यक्ष गणेश बहादुर थापाले बताए । राष्ट्रियस्तरको सम्मेलन गरी सबै सरोकारवाला एकै ठाउमा बस्दा प्रभावकारी देखिएको उनले दावी गरे ।

सम्मेलनमा लघुवित्तका क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव समेटि विभिन्न ८ वटा शत्रमा छलफल हुनेछ  । जसबाट लघुवित्त क्षेत्रका प्रमुख सकारात्मक पक्षहरु र प्रभावकारिता बृद्धिका क्षेत्रहरुको पहिचान गरी मार्गचित्र निर्माण गर्न सहयोग गर्नेछ ।

यसैगरी सम्मेलनमा तेश्रोे राष्ट्रिय लघुवित्त सम्मेलन २०६९ फागुन को घोषणापत्रमा उल्लेखित प्रतिवद्धताहरुको कार्यान्वयनमा भएको प्रगति बारे गरिएको अनुगमनको समिक्षा गरिनेछ । सम्मेलन अवधिमा प्राप्त भएका सुझावहरु र निश्कर्षहरुको आधारमा सम्मेलनको अन्तिम दिन काठमाण्डौं घोषणापत्र जारी हुनेछ  आयोजकले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ